नेता कुट्ने डीएसपी र इन्स्पेक्टरलाई बर्खास्त गर्न माग गर्दै कलैया बजार बन्द

काठमाडौं । नेतामाथि प्रहरी अधिकारीले कुटपिट गरेको भन्दै बुधबार बाराको कलैया बजार बन्द आह्वान गरिएको छ ।

नेपाली कांग्रेसका जिल्ला सचिव भैयाराम यादव र नेकपा समाजवादीका जिल्ला उपसचिव ध्रुवप्रसाद यादवमाथि भएको कुटपिटको विरोधमा उक्त पार्टीका स्थानीय नेता कार्यकर्ताले कलैया बजार बन्दको आह्वान गरेका हुन् ।

कुटपिटमा संलग्न प्रहरी अधिकारीलाई बर्खास्त नगरिएको भन्दै कांग्रेस र नेकपा एसले कलैया बजार बन्दको आह्वान गरेका हुन् ।

उनीहरूले सडकमा टायर बालेर आन्दोलन गरिरहेका छन् । यातायातका साधन चलेका छैनन् भने बजार पसल बन्द छन् । कुटपिटको आरोप लागेका प्रहरी नायब निरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डे र प्रहरी निरीक्षक (इन्स्पेक्टर) रूपेश साहलाई निलम्बन गरेर जिम्मेवारीबाट हटाई हटाइएको छ ।

घटना छानविनका लागि मधेस प्रदेश प्रहरी कार्यालयका एसएसपी प्रवीण पोखरेलको संयोजकत्वमा छानबिन समिति बनेको छ। उक्त समितिले समेत छानबिन गरिरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *