बालकुमारी साकोसको असार मसान्तसम्मको वित्तीय विवरण


बालकुमारी बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पित्त १ अर्ब ९१ करोड ८९ लाख ६२ पुगेको छ । संस्थाले प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०७९।८० को असार मसान्तसम्ममा संस्थाको शेयरपुँजी १३ करोड ५० लाख पुगेको छ। विवरण अनुसार बचतका आधारमा तरलता २७.९७ प्रतिशत रहेको छ । २०८० जेठ मसान्तमा संस्थामा २७.५६ प्रतिशत तरलता कायम रहेको थियो ।

संस्थाका व्यवस्थापक सुजेन्द्र श्रेष्ठका अनुसार संस्थामा ४४ करोड ३३ लाख रूपैया तरलता रकम कायम रहेको छ । असार मसान्तसम्ममा संस्थामा बचत संकलन १ अर्ब ५६ करोड ३६ लाख, ऋण लगानी १ अर्ब ३२ करोड ७४ लाख पुगेको छ । संस्थाको जगेडा कोषमा ५ करोड ९२ लाख ६६ हजार रकम रहेको छ । संस्थामा ५ हजार ५३२ जना सदस्य रहेकोमा ६ सय ४३ जनाले ऋण लिएको संस्थाले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *