समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद हरि ढकालले सामुदायिक विद्यालयमा दिवा खाजा कटौती गरिएकामा आपत्ति जनाए।

दिवा खाजा कटौतीको प्रस्ताव फिर्ता नगरे रास्वपाले कडा निर्णय गर्ने दिन आउने उनको भनाइ थियो ।

सांसद रामहरि खतिवडाले नेपाललाई तस्करको स्वर्गभूमिका रुपमा स्थापित गर्न खोजेको पछिल्लो सुन प्रकरणबाट देखिएकाले यसको सत्यतथ्य सार्वजनिक गर्न माग गरे ।

एउटा भरिया र चालकलाई पक्राउ गरेर दोषीलाई जोगाउन नहुने उनको भनाइ थियो ।

सांसद वीना जयसवालले तराई क्षेत्रमा खानेपानीको समस्या भएको उल्लेख गर्दै पानीबिना छट्पटाइरहेकालाई केन्द्र र प्रदेश सरकारले पनि ध्यान दिनुपर्ने बताए ।

मधेसमा आपत आएका बेला यसको समाधान गर्न स्थानीय सरकारसँग माथिल्ला दुई तहका सरकारले पनि हातेमालो गर्नुपर्ने उनको भनाइ थियो ।

सांसद राजेन्द्र बजगाइँले गोरुलगायत पशु अकालमा मरिरहेकामा कृषि मन्त्रीको ध्यान नगएकाले यस विषयमा काम गर्नुपर्नेमा जोड दिए । सांसद ठाकुर गैरेले पशुपतिनाथमा लगाइएको जलहरीको सुनको चर्चा संसद्मा चलाएर विमानस्थलमा सुन तस्करीको योजना बनेको आरोप लगाए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *