स्ट्याण्डर्ड चार्टर्ड बैंकले आँखाको रोग हटाउन आर्थिक सहयोग


काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले आँखाको रोग हटाउन आर्थिक सहयोग गरेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले नेपाल आँखा कार्यक्रम (तिलगंगा आँखा प्रतिष्ठान) र मित्र समाजसँग देशका सबै प्रदेशमा बच्न नसक्ने अन्धोपन, मोतिबिन्दु र पोस्टरियर सेगमेन्ट आँखा रोगको पहिचान र उपचार गर्न सहकार्य गरेको छ । बैंकले नेपाल आँखा कार्यक्रमलाई ४७ लाख ९० हजार ८ सय ६६ अनुदान दिएको हो । यो रकम पर्साको निचुटामा सामुदायिक आँखा केन्द्र (सीईसी) स्थापनामा प्रयोग गरिने बताइएको छ ।

परियोजनाले वृद्धवृद्धा, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति र अपाङ्गता भएका व्यक्तिहरूको उपचार गर्ने बताइएको छ । मित्र समाजलाई दिएको सहायता अन्धो हुने रोगहरू पहिचान गर्ने उद्देश्यले मोतियाबिन्दु अन्धोपन निवारण परियोजनामा प्रयोग गरिने बताइएको छ । चेक हस्तान्तरण कार्यक्रममा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका कर्पोरेट अफेयर्स, ब्रान्ड एन्ड मार्केटिङ प्रमुख हर्ष पिल्लै, तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत रिता गुरुङ र मित्र समाजका कार्यकारी निर्देशक विवेक सिंह ठकुरीको उपस्थिति थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *