मर्जरपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ३७ शाखा कार्यालय बन्द


काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ३७ शाखा कार्यालयहरू बन्द गर्ने भएको छ । साविकको नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल मर्जपश्चात् ३७ वटा शाखा कार्यालय बन्द हुने बैंकले जनाएको छ । बैंकले एउटै स्थानमा रहेका दुई शाखा गाभेर एउटा शाखाबाट मात्रै कारोबार गर्ने बताएको छ ।

बैंकले साविकको मेगा बैंकका ३३ शाखा बन्द गरी इन्भेष्टमेण्ट बैंकको शाखा कार्यालय भएको ठाउँबाट कारोबार गर्नेछ । त्यस्तै, साविकको इन्भेष्टमेण्ट बैंकको ४ शाखा बन्द गरी साविकको मेगा बैंकको शाखाबाट कारोबार गर्ने जनाएको छ । शाखा समायोजन तथा स्थानान्तरण भएका १६ वटा शाखा कार्यालयबाट साउन १३ गते र २१ वटाबाट साउन २० गतेदेखि एकीकृत कारोबार सुरु गर्ने बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *