राप्रपाको केन्द्रीय कार्यालयमा चल्ने भो महानगरको डोजर, तीन दिनभित्र खाली गर्न अल्टिमेटम
काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय तीन दिनभित्र हटाउन अल्टिमेटम दिएको छ ।
काठमाडौँको धुम्बाराहीस्थित राप्रपाको कार्यालय विद्युत् प्रसारण लाइनमुनि रहेको भन्दै आइतबारसम्म हटाउन महानगरले शुक्रबार माइकिङ गरेको छ ।
काठमाडौं महानगरले २०७९ असोज १३ मा पनि कार्यालय हटाउनुपर्ने भन्दै सूचना टाँस गरेको थियो । दिलविकास राजभण्डारीले पार्टी कार्यालय बनाएर तत्कालीन राप्रपा नेपाललाई दिएका थिए ।
उनले पत्नी शशीकला राजभण्डारीको स्मृतिमा बनाएको भवनलाई राप्रपाले मुख्य कार्यालय बनाएको छ ।