विन्धवासिनी साकोसको वार्षिक समिक्षा गोष्ठी सम्पन्न
विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि।ले ०७९।०८० को वार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठको सभापतित्व तथा संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार प्रदिप थापाको प्रमुख आतिथ्यतामा गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा संस्थाको आ.ब ०७९।८० को वार्षिक लक्ष्य तथा कार्य प्रगति लगायत कार्य संचालन र कार्यान्वयनमा देखिएका समस्या र चुनौतीको छलफल गरी आगामी चालु आ.ब. २०८०।८१ को लक्ष्य प्राप्तिका लागि अपनाउनु पर्ने रणनीति र कार्ययोजनाका बारेमा छलफल भएको थियो ।
सेवा कार्यालयका कार्यालय व्यवस्थापकहरुले सम्बन्धित कार्यालय र विभागीय प्रमुखहरुले विभागीय कार्यप्रगति प्रस्तुत गरेको गोष्ठीमा र संस्थाका प्रमुख कार्यकारी अधिकृतले संस्थाको एकमुष्ट कार्यप्रगतिका बारेमा जानकारी गराएका थिए । आ.व। ०७९।८० को अन्त्यसम्म आइपुग्दा संस्थामा शेयर सदस्य संख्या ५० हजार पाँच सय ८७, शैक्षिक बाल बचत कर्ता १० हजार गरी कुल सेवाग्राही ६० हजार पाँच सय ८७ जना पुगेको, संस्थाको कुल सम्पत्ति ४ अर्ब ५७ करोड २८ लाख पुर्याउन संस्था सफल भएको जानकारी प्रमुख कार्यकारी अधिकृत के.वि. लामा स्याङ्तानले गराए ।
कार्यक्रममा संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण लगानी तथा असूली उपसमिति, शिक्षा तथा तालिम उपसमिति, लघुवित्त उपसमिति, सेवा कार्यालय व्यवस्थापन उपसमितिका पदाधिकारी एवं सदस्य लगायत उच्च व्यवस्थापनको सहभागिता रहेको उक्त कार्यक्रमको संचालन सञ्चालक समितिका सचिव डोरेन्द्रराज सापकोटाले गरेका थिए भने सहभागीहरुलाई संचालक समितिका उपाध्यक्ष रामहरि शर्मा तिमल्सिनाले स्वागत गरेका थिए ।बिन्धबासिनी काभ्रेपलाञ्चोक जिल्ला, काठमाडौ जिल्ला र भक्तपुरको सूर्यविनायक नगरपालिकालाई कार्यक्षेत्र बनाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका सीयु एक्जेक्युटिभ अवार्ड २०२१ र क्युमी अवार्ड प्राप्त गर्न सफल संस्था हो ।