२५ लाख रुपैयाँ भन्दा बढी कर्जा लिने ऋणीले प्यान नम्बर अनिवार्य


काठमाडौं । २५ लाख रुपैयाँ भन्दा बढी कर्जा लिने ऋणीलाई स्थायी लेखा नम्बर (प्यान) नम्बर अनिवार्य गरिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एकीकृत निर्देशन जारी गर्दै २५ लाख रुपैयाँ वा सो भन्दा बढी कर्जा लिएका ऋणीलाई प्यान नम्बर अनिवार्य गरेको हो । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले छुट्टा छुट्टै वा एकमुष्ट गरी २५ लाख रुपैयाँ वा सो भन्दा बढी रकमको कर्जा कुनै व्यक्तिलाई प्रवाह गर्नु परेमा त्यस्तो व्यक्तिले अनिवार्य रुपमा स्थायीलेखा नम्बर ९एब्ल्० लिएको हुनुपर्नेछ ।

साथै ऋणी एउटै समूह अन्तर्गत पर्ने भएमा त्यस्तो समूहले २५ लाख रुपैयाँ वा सोभन्दा बढी रकमको कर्जा लिएको अवस्थामा उक्त समूह अन्तर्गतको कुनै व्यक्तिलाई २५ लाख भन्दा कम रकमको कर्जा प्रवाह गर्नुपरेको अवस्थामा समेत अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिएको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *