कोशीका सभामुखलाई राजीनामा गराउन कांग्रेस–माओवादी सहमति नजिक

काठमाडौं । कोशी प्रदेशमा सत्ता गठबन्धनबाट मुख्यमन्त्रीमा बहुमत जुटाउने प्रयासमा कांग्रेस र माओवादीबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ ।

प्रदेशसभा सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर निकास खोज्नेबारे कांग्रेस–माओवादी सहमति नजिक रहेको एक नेताले जानकारी दिए ।

‘कोशीका सभामुख गौतमलाई राजीनामा गर्न लगाएर नयाँ सरकार बनाउनु नै उत्तम विकल्प हुनेमा छलफल भयो । दुवै दल यसमा सकरात्मक छन्’, बालुवाटार स्रोतले भन्यो । सभामुख गौतमलाई राजीनामा गराएपछि मुख्यमन्त्री कसलाई बनाउने विषयमा कुरा मिल्न सकेको छैन । कांग्रेसले आफूले प्रदेश सरकारको नेतृत्व पाउनुपर्ने बताउँदा माओवादीको पनि दाबी छ । बैठकमा कोशी प्रदेश सरकारको लागि राप्रपासँग पनि छलफल गर्ने सहमति बनेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा, नेता कृष्णप्रसाद सिटौलालगायतका नेता सहभागी थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *