विश्वप्रकाशको प्रश्न-एमाको बैठकमा युवा नेताले ओलीमाथि प्रश्न गर्ने साहस राख्ला ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अरु दलका युवा नेताले नेतृत्वमाथि प्रश्न गर्न नसकेको टिप्पणी गरेका छन् ।

शनिबार कांग्रेसको काठमाडौं ९ (क) प्रदेश कार्य समितिले गरेको कार्यक्रममा उनले कांग्रेसभित्र भने नेतृत्वलाई प्रश्न गर्ने र प्रतिस्पर्धा गर्नेसम्मको अवस्था रहेको बताए ।

हालै सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले सभापति शेरबहादुर देउवामाथि प्रश्न गरेको प्रत्यक्ष प्रशारणमार्फत सार्वजनिक नै भएको शर्माले बताए । ‘कांग्रेसको लाइभ भएजस्तै हाम्रो मुख्य प्रतिस्पर्धी दलको लाइभ हुँदै गर्दा त्यहाँ उभिएर कसैले अध्यक्षज्यू भनेर यसरी प्रश्न गर्ने साहस राख्ला रु’ उनले एमाले र अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै भने ।

कांग्रेसका सभापति देउवासँग महामन्त्री गगन थापाले संसदीय दलको नेतामा प्रतिस्पर्धा नै गरेको भन्दै शर्माले एमालेका युवा नेताहरुले किन प्रतिस्पर्धा गर्न नसकेको भनी प्रश्न गरे ।

‘‘..(तपाईहरुले चाहिँ किन नगर्नुभएको ? केपी कमरेड अब तपाई होइन, हामी भनेर कोही उभिएको भए हुन्थ्यो नि भन्दा एक जना मित्रले के भन्नुभयो भने होइन यार, कांग्रेसमा जस्तो हाम्रो कहाँ छ र ?  हाम्रो त कुनामा बस्ने, दुनामा खाने’, उनले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *