सरकार गठनका लागि बहुमत जुटाउन सभामुख गौतमले दिए राजीनामा

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि बहुमत जुटाउन कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् ।

माओवादी केन्द्रबाट निर्वाचित भएका गौतमले सत्ता गठबन्धनको पक्षमा बहुमत पुर्‍याउनका लागि आफ्नो तटस्थ भूमिका त्यागेका हुन् । उनले राजीनामा दिएपछि उनको समेत समर्थन लिएर कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् ।

प्रदेश प्रमुखकोमा मुख्यमन्त्री दावी गर्ने तयारीमा रहेका गठबन्धनका नेताहरु प्रदेशसभामा सभामुख गौतमको राजीनामा पर्खिरहेका थिए । सरकार गठनमा राप्रपाको साथ नपाएपछि गठबन्धनले सभामुख बाबुराम गौतमको राजीनामा गराएको हो । गौतमको राजीनामासँगै ९३ सदस्यीय प्रदेशसभामा गठबन्धनलाई सरकार बनाउन आवश्यक बहुमत ४७ सांसद पुग्नछन् । गौतम नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

गठबन्धनले सभामुख गौतमलाई राजीनामा गराएर संविधानको धारा १६८ को उपधारा २ अनुसारको सरकारको दावी गर्न लागेको हो । सरकार गठनको लागि प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको आज बेलुका ५ः०० बजेसम्मको समय दिएका छन् ।

प्रदेशसभामा एमालेका ४०, काँग्रेसका २९, माओवादीको सभामुखसहित १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *