मध्य बानेश्वरको अवैध टहरा तत्काल नभत्काउन महानगरलाई उच्च अदालतको आदेश

काठमाडौं । काठमाडौंको मध्यबानेश्वरमा करिब १० आना जग्गामा निर्माण गरिएका घर टहरा तत्काल नभत्काउन उच्च अदालत पाटनले अल्पकालीन आदेश जारी गरेको छ ।

सोमबार उच्च अदालतले पाटनले मध्यबानेश्वर सडकको ह्वाइट हाउस कलेजसँगै सतिशाल मार्गमा रहेको सार्वजनिक जग्गामा बनाइएका घरटहरा नभत्काउन अदालतले आदेश दिएको हो । आफनो जग्गा दाबी गर्दै आएका विश्वनाथ (जनार्दन) आचार्यले काठमाडौं महानगरपालिकालाई विपक्षी बनाएर उच्च अदालत पाटनमा रिट दायर गरेपछि न्यायाधीश दीपेन्द्र अधिकारीको एकल इजलासल उक्त रिटमाथि अल्पकालीन आदेश जारी दिएको हो ।

सो अवधिसम्म निवेदकले उल्लेख गरेका घरटहरा यथास्थितिमा राख्न अदालतले मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८ को (२)को ‘क’ र उच्च अदालत नियमावली, २०७३ को नियम ४‘ क’ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । कित्ता नं ६८ को जग्गामा मुद्दा परी दुई तहबाट फैसला भएको थियो । त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको छ । साउन २१ छलफलको लागि अर्को पेशी तोकिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *