राजीनामा दिन्छु भनेका सभामुख गौतम सम्पर्कविहीन

काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार बनाउन प्रदेश प्रमुख परशुराम खापुङले दिएको समयावधि आज सकिँदैछ । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ अनुसार मंगलबार ५ बजेसम्म दाबी गर्न दलहरूलाई समय दिएका छन् । तर, सरकार बनाउने समय घर्किंदै जाँदा कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतम सम्पर्कविहीन बनेका छन् ।

सभामुख गौतमलाई पदबाट राजीनामा दिन लगाएर नयाँ सरकार बनाउन सत्तारुढ दलमा सहमति जुटेको थियो । तर राजीनामा दिन्छु भनेर हिँडेका गौतम सम्पर्कविहीन भएपछि विराटनगरमा छटपटी बढेको छ ।काठमाडौंमा रहेका गौतमको फोन अफ भएपछि विराटनगरमा सत्तागठबन्धनका नेताहरूले उनलाई कुरिरेहका छन्। सभामुखले राजीनामा बुझाएपछि कांग्रेस–माओवादी गठबन्धनबाट मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दावी गर्दैछन्।

यसअघि असार २१ गते निर्णायक मत रहेको सभामुखको हस्ताक्षर गराएर थापाले मुख्यमन्त्रीमा दाबी गरेका थिए। तर सो प्रक्रियालाई सर्वोच्चको एक फैसलाले खारेजी गरेदिएपछि सो प्रदेशमा सरकारविहीन अवस्थामा छ। नयाँ सरकारका लागि मंगलबार बेलुकासम्मको दावी गर्ने समय रहेको छ। यदि आज संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन नभए उपधारा ३ अनुसार एमालेले अल्पमतको सरकार गठन गर्ने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *