सभामुखलाई राजीनामा गर्न लगाउनु गलत , एमाले र कांग्रेस मिलेर सरकार गठन गर्न राप्रपाको सुझाव

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सभामुखलाई राजीनामा दिन लगाएर कोशी प्रदेश सरकार गठन गर्नु षडयन्त्र भएको बताएका छन् । मंगलबार विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । सत्ता टिकाउनका लागि कोशी प्रदेश सरकारले मनपरि गरेको उनले बताए ।

‘सरकार बनाउन सभामुखलाई राजीनामा दिन लगाउनु संविधान विपरित उनले भने,‘ आगामी दिनमा यसको सन्देश अन्य पाटीमा नकरात्मक जान्छ । अनि देशलाई उल्टो दिशातिर हिडाउँने हो ? उनले प्रश्न गरे ।’ उनले भने भोली एमालेले सरकार बनाउनुपर्यो भनेर सभामुखलाई राजीनामा दिन लगाउने ? अध्यक्ष लिङदेनले कोशी प्रदेशसरकारलाई प्रश्न गरे ।

राष्ट्रिय प्रजातन्त्र पाटी राप्रपाका अध्यक्ष लिङदेनले कोशी प्रदेश सरकारका विषयमा कसैको पनि पक्ष र विपक्षमा नलागि कानुन अनुसार अघि बढ्न सुझाव दिएका छन् ।

राप्रपाको एजेन्डा संघीयताविरोधी भएकाले संघीयता खारेजीको पक्षमा रहेको भन्दै लिङदेनले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर कोशी प्रदेश सरकार गठन गर्न सुझाव दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *