एफ डी मोटर्सको इलेक्ट्रिक स्कुटर किन्ने ग्राहकले कुमारी बैंकमा ब्याजबिनै ३ लाखसम्म कर्जा


काठमाडौं । एफ डी मोटर्स ब्रान्डका इलेक्ट्रिक स्कुटरहरू किन्न चाहने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा डाउन पेमेन्ट बिनै ३ लाखसम्म कर्जा पाउने भएका छन् । ग्रन्थ इलेक्ट्रिक भेहिकल (एफ डी मोटर्स) र कुमारी बैंकबिच सो ब्रान्डका इलेक्ट्रिक स्कुटर किन्न चाहने ग्राहकलाई क्रेडिट कार्डमार्फत् कर्जा उपलब्ध गराउने सम्झौता भएको छ ।

जस अन्तर्गत कुनै पनी ग्राहकहरुले कुमारी बैंक वा एफ डि मोर्टर्सका सो रुमहरूमा गई आवश्यक पर्ने कागजात दिएर १२ महिना देखी १८ महिनासम्मको किस्ता तिरेर इलेक्ट्रिक स्कुटरहरु खरिद गर्न सकिने बताइएको छ । यदी कुनै पनी ग्राहकले कर्जा को भुक्तानी अग्रीम रुपमा गर्न चाहेमा बिना शुल्क भुक्तानी गर्न सक्ने पनि सम्झौता भएको छ । एफ डी मोटर्सले हाल दुईवटा मोडलको इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ । जसमा एफ फाइबको मूल्य २ लाख, ६१ हजार, ९ सय ९९ र एफ फाइब ए को मूल्य २ लाख, ९७ हजार, ९ सय ९९ रहेको कम्पनीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *