बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ५० पुग्यो, साढे ९ अर्ब बढीको क्षति

काठमाडौं । असार २ यता मनसुनजन्य विपदबाट ५० जनाको ज्यान गएको छ भने २५ बेपत्ता भएका छन् ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार बाढीपहिरो तथा चट्याङबाट अहिलेसम्म ५० जनाको मृत्यु भएको हो ।

जसमा पहिरोमा परेर २४, चट्याङले १९ र बाढीले बगाएर सात जनाको ज्यान गएको छ भने चट्याङका कारण ४२, पहिरोबाट २३ र बाढीबाट पाँच जना घाइते भएको प्राधिकरणको विवरणमा उल्लेख छ ।

सबैभन्दा बढी बाढीबाट २० जना बेपत्ता भएका छन् । प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार मनसुनजन्य विपद्का कारण साढे ९ अर्बभन्दा बढीको क्षति अनुमान गरिएको छ ।

उनका अनुसार बाढीपहिरोका कारण सडकमा ४० करोड बढीको क्षति र बाढीका कारण ४७० मेगावाटका ६१ जलविद्युत् आयोजनामा ९ अर्बको क्षति अनुमान गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *