कामना सेवा विकासको ब्याज आम्दानी साढे ८ प्रतिशत बढ्यो


काठमाडौं । कामना सेवा विकास बैंकको गत वर्ष खुद नाफा घटेको भएपनि अधिकांश सूचकहरु सकारात्मक छन् । बैंकको गत असार मसान्तसम्म खुद ब्याज आम्दानी ८.६४ प्रतिशत बढेर २ अर्ब १६ करोड ५० लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९९ करोड २७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा २६.९२ प्रतिशत घटेर ४३ करोड ११ लाख ९८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५९ करोड ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको वित्तीय प्रतिवेदन अनुसार बैंकको वितरणयोग्य नाफा पौने ६ करोड रुपैयाँ रहेको छ । बैंकको असारसम्म ५ करोड ८० लाख ९५ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । सो आधारमा बैंकको लाभांश दिन सक्ने क्षमता १.७७ प्रतिशत छ ।

बैंकको कुल सञ्चालन आम्दानी ४.५३ प्रतिशत बढेर २ अर्ब ४१ करोड ९४ लाख रुपैयाँ र सञ्चालन नाफा २० प्रतिशत घटेर ६९ करोड १५ लाख १२ हजार रुपैयाँ छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ४.४२ प्रतिशत बढेर ३ अर्ब २८ करोड ११ लाख रुपैयाँ, जगेडा कोष ३६.३७ प्रतिशत बढेर १ अर्ब ४६ करोड ६२ लाख रुपैयाँ, निक्षेप संकलन १५.६१ प्रतिशत बढेर ५३ अर्ब ४७ करोड २४ लाख रुपैयाँ र कर्जा लगानी ३३.६५ प्रतिशत बढेर ४३ अर्ब ९१ करोड ३९ लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १३.१४ रुपैयाँ छ । मूल्य आम्दानी अनुपात २४.८८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४६.४६ रुपैयाँ छ । बैंकको खराब कर्जा सामान्य ०.३७ प्रतिशत बढेर २.९८ प्रतिशत पुगेको छ । बैंकको आधार दर ११.९३ प्रतिशत, कस्ट अफ फण्ड ९.३७ प्रतिशत र इन्ट्रेस्ट स्प्रेड दर ४.५९ प्रतिशत रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *