बिहीबार नेपालि बजारमा सुनचाँदीको मूल्य

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

महासंघले आजको मूल्यसूची तय गर्दै सुन र चाँदीकै मूल्य घटेको जानकारी दिएको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम छ ।

हिजो बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ८५० रुपैयाँ थियो । हिजो सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १४ सय २५ रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य तोलामा १४ सय ६० रुपैयाँ कायम थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *