माओवादीको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रीय समितिको दोस्रो बैठक सुरु भएको छ । पाँचदिनसम्म चल्ने सो बैठक प्रज्ञाभवन कमलादीमा बुधबारदेखि जारी छ ।

बुधबार बसेको बैठकमा अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक र सांगाठनिक प्रतिवेदनमाथि १८ जना सदस्यहरूले आ–आफ्ना धारणा राखेका थिए ।

आजको बैठकमा १५० जना सदस्यहरूले बोल्नका लागि नाम टिपाएका छन् । सदस्यहरूलाई बोल्नका लागि ५ मिनेटको समय उपलब्धय गराइएको छ ।

बैठकमा अध्यक्षको प्रतिवेदनमा छलफल गर्नुको साथसाथै, समसामायिक राजनीति, विधान सम्मेलन, समाजवादी मोर्चा, कार्यदिशा, कार्यक्रम सम्बन्धमा सदस्यहरूले धारणा राख्नेक्रम जारी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *