संवैधानिक परिषद्को बैठक आज बस्दै
काठमाडौं । संवैधानिक परिषद्को मंगलबार बसेको बैठकले कुनै निर्णय गर्न नसकेपछि आज पुनः बैठक बस्न लागेको हो । प्रधानन्यायाधीशको नाम सिफारिसका लागि बसेको बैठक नाममा प्रवेश नै नगरी स्थगित भएको थियो । साउन २० गतेदेखि प्रधानन्यायाधीश पद रिक्त हुँदै छ ।
उमेर हदका कारण प्रधानन्यायाधीश हरिकृष्ण कार्की अनिवार्य अवकाशमा जाने भएकाले न्यायालय फेरि कायममुकायमले चलाउने अवस्था बनेको छ ।
संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरेपछि पनि संसदीय सुनुवाइको प्रक्रियासहित नियुक्त हुन समय लाग्नेछ । त्यसैले न्यायपालिकाको नेतृत्व फेरि कामु हुने निश्चित भएको छ । यसअघि २०७८ फागुन १ देखि ०८० असार १ गतेसम्म कामुको नेतृत्वमा न्यायपालिका चलेको थियो ।