धनुषा महोत्तरीलाई सुख्खा क्षेत्र घोषणा गर्न सरकारलाई सिफारिस

काठमाडौं । जिल्ला विपद् व्यवस्थापन समिति धनुषा र महोत्तरीले वर्ष नभएका कारण धान रोपाँईमा समस्या देखापरेपछि सुख्खा क्षेत्र घोषणा गर्न सरकारलाई सिफारिस गरेको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालका अनुसार विपद् व्यवस्थापन समितिको निर्णयअनुसार जिल्लालाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत उपलब्ध गराउन गृहमन्त्रालयमा सिफारिस पठाएको हो ।

प्रयाप्त पानीको अभावमा  धान रोपाँईमा समस्या देखापरेपछि किसानहरु चिन्तित  छन उनले भने, ‘ सिँचाइ नहुँदा मात्र ३०र३५ प्रतिशत रोपाइँ   भए पनि रोपिएको धान पनि मर्न थालेपछि उक्त क्षेत्रलाई सुख्खा क्षेत्रको रुपमा घोषणा गरि किसानलाई राहत दिनु उचित हुन्छ । 

सुख्खा क्षेत्र घोषणा गर्न गृह मन्त्रालयमा सिफारिस पठाएको र घोषणा भइसकेपछि किसान राहत पाउने उनको भनाइ रहेको छ । अधिकारीले बताए अनुसार त्यस क्षेत्रमा पानीका स्रोतहरुपनि सुक्न थालेपछि पिउने पानीको पनि समस्या रहेको छ । कुनै – कुनै ठाउँमा ‘ ट्यांकरले खानेपानी पुर्‍याउनुपर्ने अवस्था सृजना भएकाले अब सरकारले उनीहरुको समस्या समाधानमा जोड दिनुप¥यो प्रजिअले भने ।अहिले खानेपानीको अभाव भए ठाउँमा प्रदेश सरकारको सहयोगमा गाउँपालिकाले ट्याङकरको सहायताले पानी पु¥याउने गरेको उनको भनाइ छ ।

कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख राम यादवले जिल्लालाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत दिनुपर्ने निर्णय जिल्ला विपद् व्यवस्थापन समितिले गरेको जानकारी दिए ।

‘ बिहिबार बसेको समितिको बैठकले उक्त क्षेत्रलाई सुख्खा क्षेत्रको रुपमा घोषणा गर्ने निर्णय भएको र बैठक ढिलो गरी सकिएकाले शुक्रबार सिडिओले संघ र प्रदेश सरकारलाई सिफारिस गरि पठाउने कार्यक्रम रहेको उनको भनाइ छ ।

महोत्तरी र धनुषामा मात्र नभएर मधेश प्रदेशका किसानहरु यस वर्ष कम पानी परेका कारण समस्यामा रहेको बताउँदै नेकपा एमाले मधेश प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक लखन दासले पनि मुख्यमन्त्री सरोजकुमार यादवलाई ज्ञापनपत्र बुझाउँदै प्रदेशलाई सुख्खा क्षेत्र घोषण गरी किसानलाई राहत दिन माग गरेका छन् । कम वर्षाका कारण विगतका वर्षहरुमा भन्दा यो वर्ष धान रोपाँइ पनि कम भएकाले किसानले खेती गर्दै आएको जमिन बाँझै रहेको उनको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *