पूर्वकप्तान ज्ञानेन्द्र मल्लले लिए संन्यास घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् ।  शुक्रबार एक पत्रकार सम्मेलन गरेर उनले सन्न्यास घोषणा गरेका हुन् ।

नेपालका सबै उमेर समूह र राष्ट्रिय टिम गरी १८ वर्ष क्रिकेट खेलेका ब्याटर ज्ञानेन्द्रले शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा संन्यास लिने घोषणा गरेका हुन्। 

२०७६ को कात्तिकमा उनी राष्ट्रिय टिमको कप्तान बनेका थिए। १०  वर्ष कप्तानी गरेका पारस खड्काले राजीनामा दिएपछि ज्ञानेन्द्रलाई नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान नियुक्त गरेको थियो । उनी पारस कप्तान रहँदा नेपाली टिमको उपकप्तानको भूमिकामा थिए । 

उनले राष्ट्रिय टिमबाट ३७ एकदिवसीय खेलमा ८७६ रन बनाएका छन् । यस्तै ४५ टि-२० खेलमा उनले ८८३ जोड्दा एक शतक र दुई अर्धशतक प्रहार गरेका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *