आगामी सेप्टेम्बरमा प्रधानमन्त्रीको चीन भ्रमण हुन्छ: परराष्ट्रमन्त्री
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउँदले अन्तर्राष्ट्रिय सम्बन्धलाई राष्ट्रिय स्वाभिमान र एकतालाई आधार बनाएर सरकारले काम गरिरहेको बताएका छन् ।
प्रहरी चारित्रिक प्रमाणपत्रलाई अनलाइन माध्यमबाट प्रमाणीकरण गर्नेकार्यको आज काठमाडौँमा शुभारम्भ गर्दै मन्त्री साउँदले कुनै पार्टीको अमूख विचारलाई आधार बनाएर नभई मुलुकको सार्वेपरीहितलाई केन्द्रमा राखी परराष्ट्र सेवा र अन्तर्राष्ट्रिय सम्बन्ध अगाडी बढाउनुपर्ने धारणा ब्यक्त गरे ।
उनले प्रहरी चारित्रिक प्रमाणपत्रलाई अनलाइन माध्यमबाट दिने बनाउँदा दूर दराजमा रहेका नागरिकले सरल र सहजरुपमा सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
मन्त्री साउँदले नेपाल शान्तिपूर्ण मुलुक हो भन्ने छिमेकी राष्ट्र र विश्व समुदायलाई जानकारी रहेको भन्नुहुँदै विदेश नीति र रक्षा नीतिको सन्दर्भमा सबै पार्टीको धारणा एक हुनुपर्ने बताए ।
मन्त्री साउँदले आगामी सेप्टेम्बरमा प्रधानमन्त्रीको चीन भ्रमण हुने पनि जानकारी दिए ।