नेपाल लाईफ इन्स्योरेन्सका पूर्व निमित्त सिइओ सुशिल चौधरीको निधन


काठमाडौ‌। नेपाल लाईफ इन्स्योरेन्सका पूर्व निमित्त प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरीको ६५ वर्षको उमेरमा शनिबार ग‌ंंगालाल हृदय रोग केन्द्र काठमाडा‌ैमा निधन भएको छ । पारिवारिक स्रोतका अनुसार मुटुको उपचारका क्रममा शनिबार अपरान्ह ४ः३० बजे निधन भएको हो । २०७९ असार ३२ गते स्वेच्छिक अवकाश लिनु अघि चौधरी नेपाल लाईफ इन्स्योरेन्समा २१ वर्ष कार्यरत थिए ।

विराटनगरको शाखा प्रमुखका रुपमा प्रवेश गरेका चौधरीले नेपाल लाइफबाट कार्यबाहक प्रमुख कार्यकारी अधिकृत पदबाट स्वेच्छिक अवकाश पछि अवकाश जीवन बिताउँदै आएका थिए । उनले नेपाल लाईफ प्रवेश गर्नु अघि राष्ट्रिय वाणिज्य बैंकमा २५ वर्षको काम गरेका थिए । चौधरीका एक छोरा र एक छोरी छन । चौधरीको अन्त्येष्टी आज आइतबार उनको गृह नगर विराटनगरमा गरिने जानकारी परिवारजनले दिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *