माओवादीले तोक्यो प्रदेश इन्चार्जहरु


काठमाडौं । माओवादी केन्द्रले तीन महिने अभियानका लागि प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डल ‘जनतासँग माओवादी’ नाम दिइएको अभियानका लागि संयोजकहरु तोकेका हुन् ।

जस अनुसार कोशी प्रदेशमा बलदेव खनाल, मधेसमा लिलामणि पोखरेल, बागमतीमा जनार्दन शर्मा, लुम्बिनीमा हितमान शाक्य, कर्णालीमा मातृका यादव र सुदूरपश्चिम प्रदेशमा डिलाराम आचार्य छन् । सम्पर्क विशेषमा गिरिराजमणि पोखरेल र जनवर्गीय संगठनको इन्चार्जमा वर्षमान पुन तोकिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *