सिटिजन्स बैंकका ग्राहकले ट्रिबोन्स रिसोर्टमा छुट पाउने


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले ट्रिबोन्स रिसोर्टमा १० प्रतिशत छुट पाउने भएका छन् । ललितपुरको लाकुरी फेदस्थित रिसोर्टमा सिटिजन्स बैंकको कार्ड वा मोबाइल बैकिङमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट पाइने बैंकले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।

छुट सम्बन्धी सम्झौताले बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारलाई डिजिटल कारोबारमा बदल्न सहयोग मिल्ने बैंकले जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *