सिद्धार्थ बैंकको गत वर्षको खुद नाफा ९.९१ प्रतिशतले बढेर ३ अर्ब १९ करोड


काठमाण्डौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७९।०८० को चौथो त्रैमाससम्म ३ अर्बभन्दा बढी खुद नाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक प्रतिवेदनअनुसार गत असारसम्ममा खुद नाफा ९.९१ प्रतिशतले बढेर ३ अर्ब १९ करोड १ लाख रुपैयाँ पुगेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ९० करोड २४ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्ष बैंकको खुद ब्याज आम्दानी २३.९७ प्रतिशत बढेर ८ अर्ब १७ करोड ८४ लाख रुपैयाँ छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ५९ करोड ६८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खुद फि तथा कमिसन आम्दानी १२.०३ प्रतिशतले बढेर १ अर्ब ३६ करोड ६३ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १४.५७ प्रतिशत बढेर १० अर्ब ७ करोड २८ लाख रुपैयाँ र सञ्चालन नाफा ९.८३ प्रतिशत बढेर ४ अर्ब ६८ करोड ५७ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ७९ करोड ५७ लाख रुपैयाँ रहेको छ । सो आधारमा बैंकको प्रतिशेयर ५.६५ रुपैयाँ वितरणयोग्य गर्ने क्षमता रहेको छ ।

गत असारसम्म बैंकको चुक्ता पुँजी १२.५० प्रतिशत बढेर १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ, जगेडा कोष २५.३६ प्रतिशत बढेर ११ अर्ब ३७ करोड ४७ लाख रुपैयाँ सञ्चित छ । यस्तै, बैंकको निक्षेप संकलन पनि १६.७६ प्रतिशतले बढेर २ खर्ब २३ अर्ब ६५ करोड ४६ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी ३.०६ प्रतिशत बढेर १ खर्ब ८४ अर्ब ४ करोड ५६ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी ०.५३ पैसा घटेर २२.६४ रुपैयाँ छ । बैंकको प्रतिशेयर नेटवर्थ १८०.७३ रुपैयाँ रहेको छ । त्यस्तै, असारसम्म बैंकको खराब कर्जा ०.९४ प्रतिशतबाट बढेर २।०१ प्रतिशत पुगेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *