सुनको मूल्य बढ्यो


काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको हो । यस दिन छापावाल सुन तोलाको एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

गएको शुक्रबार उक्त सुनको मूल्य तोलाको एक लाख १२ हजार २०० रुपैयाँ तोकिएको थियो । तेजाबी सुन तोलाको एक लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको एक हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *