उच्चस्तरीय छानबिन समिति गठनको माग गर्नु उचित विषय होइन – महेश बर्तौला
काठमाडौं । एमाले सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणको विषयमा सरकारले अनावश्यक अडान लिनु उचित नभएको बताएका छन् ।
उच्चस्तरीय छानबिन समिति गठनको माग सरकारलाई सहयोग गर्ने खालको भएको भन्दै उक्त विषय अनावश्यक नभएको बताएका हुन् । बर्तौताले तीन दलका शीर्ष नेता र सचेतकहरूको छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै यस्तो टिप्पणी गरेका थिए ।
राज्यका निकायहरुलाई संगै लिएर अनुसन्धानलाई सहयोग गर्नुपर्ने उनको भनाइ थियो । भ्रस्टचारलाई शुन्यमा झाने अभियान सबैको रहेकाले यस विषयमा सबै मिलेर अपराधिलाई कानुनको कठघरमा ल्यानुपर्ने उनले बताए ।