ग्रन्थ ईभीको नयाँ शोरुम इटहरीमा
काठमाडौं। एफडी मोटर्स ग्रन्थ ईभीले नेपालको पूर्वी शहर इटहरीमा शोरुम खोलेको छ। नेपाली बजारमै अब्बल साबित भइसकेको इलेक्ट्रिक स्कुटर अब इटहरीमा उपलब्ध भइसकेको कम्पनीले जनाएको छ। विशेषगरी यसमा जडान गरिएको प्रविधिले यो स्कुटर नेपालको बाटोमैत्री रहेको कम्पनीको दाबी छ।
यो स्कुटरका ५ मुख्य विषेशता छन्। स्कुटरमा मुख्यगरी एलएफपी ब्याट्री, साइट ड्राइभ मोटर, सीएएन कन्ट्रोलर, २००एमएम ग्राउन्ड क्लियरेन्स, ब्रेक रिजेनिरेटिभ फिचर्स आदि एकै स्कुटरमा उपलब्ध छ। दुई मोडेलमा उपलब्ध भएको यो स्कुटरको मूल्य क्रमशः एफ ५ को २ लाख ६१ हजार ९ सय ९९ रुपैयाँ र एफ५–एको २ लाख ९७ हजार ९ सय ९९ रुपैयाँ रहेको छ।