नेशनल लाईफको बीमा सचेतना साईकल ¥याली सम्पन्न


काठमाण्डौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले पोखरामा बीमा सचेतना प्रवद्र्धन प्रयोजनका लागि साईकल ¥यालीको आयोजना गरेको छ । बीमा सचेतनाका लागि आयोजना गरिएको साईकल ¥यालीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीसहित नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेशका प्रदेश प्रमुख केशव प्रसाद दाहाल,प्राधिकरणका अन्य कर्मचारी लगायत कम्पनीका विभागिय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारीहरु गरी करिब १ सयजनाले सहभागिता जनाउनु भएको थियो ।

पोखराको बाराहीघाटबाट शुरु भएको ¥यालीले हल्लनचोक, जीरो किलोमिटर, सभागृहचोक, चिप्लेढुंगा, बिरौटा, राष्ट्रबैंक चोक हुँदै करिब १० कि.मि.को यात्रा पुरा गर्दै पुनःबाराहीघाटमा ¥यालीको समापन गरिएको थियो । उक्त साईकल ¥यालीबाट बीमा सचेतना प्रवद्र्धन हुनेछ भन्ने कम्पनीले आपेक्षा लिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *