प्रधानमन्त्री प्रचण्ड र साउदीका राजदूत अबुहामिदबीच भेटवार्ता
काठमाडौं । नेपालका लागि साउदी अरबका राजदूत साद अबुहामिदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्रीलाई भेट्न आज (सोमबा) राजदूत अबुहामिद प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
भेटमा दुईबीच नेपाल र साउदी अरबबीचको द्विपक्षीय सहकार्यको विषयमा छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।