फोटोन इलेक्ट्रिक पिकअप ट्रक पहिलो डेलिभरी एरामेक्सलाइ


काठमाडौं । नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले फोटोन मोटर्सको इलेक्ट्रिक पिकअप ट्रकको पहिलो डेलिभरी एरामेक्सलाइ गरेको छ । सम्झौता अनुसार कम्पनीले कार्गो प्रयोजनको लागि यस पिकअप ट्रकको डेलिभरी एरामेक्सलाइ गरेको हो । सिंगल चार्जमा २ सय ८० किलोमिटर रेन्ज दिने यस इलेक्ट्रिक पिकअप ट्रकले १४०० केजीको भारबहन क्षमता रहेको कम्पनीले जनाएको छ।

एसी, टच स्क्रिन, पावरविन्डो जस्ता प्रिमियम फिचरका कारण यस इलेक्ट्रिक पिकअप ट्रक एकदमनै लक्जरी रहेको छ जसका कारण धेरै ग्राहकहरुको रोजाई रहेको कम्पनिले जनाएको छ । कम्पनीका सेल्स हेड नविन आचार्यका अनुसार यी इलेक्ट्रिक पिकअप ट्रकको प्रयोगले राजमार्गहरूमा कार्बन उत्सर्जन कम गर्नुका साथै उपभोक्ताले डिजेल गाडीको तुलनामामा कम लगानीमा बढी भन्दा बढी आम्दानी गर्न सक्ने छन् । यसअघि कम्पनीले २३५ किलोमिटर रेन्जको बिभिन्न कार्गो तथा १४ र १५ सिटर प्यासेन्जर भ्यान नेपाली बजारमा उपलब्ध गराउदै आएको छ। पर्यावरण र ग्राहकको हितका लागि सधैव सक्रिय रहने कम्पनिको दावी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *