भोलि दिउँसो ३ बजेसम्मका लागि संसद् बैठक सूचना टाँसेर स्थगित
काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेता र सभामुखबीच भएको दुईपटकको छलफल पनि कुनै निष्कर्षमा पुग्न नसकेपछि प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ ।
सोमबार प्रधानमन्त्री पुष्कपमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, सभामुख देवराज घिमिरे, तीन दलका प्रमुख सचेतकबीच सिंहदरबारमा दुईपटक वार्ता भएको थियो । तर उच्चस्तरीय छानबिन समितिमै कुरा नमिलेपछि सोमबारको प्रतिनिधिसभा बैठक प्रभावित बन्यो ।
मंगलबार प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुने तय भएको छ ।