राष्ट्रिय वाणिज्य बैंकले शुरू गर्यो रिक्वेस्ट रेमिट,विदेशबाट अब निशुल्क मनि ट्रान्सफर गर्न सकिने

काठमाण्डौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्नो वेवसाइट, मोवाईल बैंकिङ्ग (डिजिटल संसार) तथा ईन्टरनेट बैंकिङ्गको पोर्टलमा रहेको च्द्यद्य च्भत्रगभकत आरआर बीबी रिकोइष्ट रेमिटबाट सजिलै अमेरिका, अष्ट्रेलिया, युरोप, गल्फ लगायत विश्वको जुनसुकै देशमा बस्ने व्यक्तिले एक क्लिकमा नेपालमा रेमिट्यान्स पठाउन सकिने आरबीबी रिकोइष्ट सुविधा सञ्चालनमा ल्याएको छ । यो सुविधा अन्तर्गत विश्वको जुनसुकै देशमा रहेका व्यक्तिले आफ्नो क्रेडिट कार्ड, डेबिट कार्ड, बैंक डिपोजिट, अनलाइन बैंकिङ्ग र ट्रान्सफर प्रयोग गरी बैंकको आरबीबी रिकोइष्ट पोेर्टलको सेन्ड रेमिट मार्फत रकम पठाउन सक्नेछन् ।

साथै, नेपालमा बस्ने व्यक्तिले पनि विदेशमा बस्ने आफन्तलाई रकमका लागि यो पोर्टल मार्फत अनुरोध गर्न सक्नेछन् । यसरी रकम पठाउँदा ग्राहकलाई कुनै पनि शुल्क लाग्ने छैन भने रेमिट्यान्स पठाएको केही मिनेटमै नेपालमा रहेको कुनै पनि बैंक खातामा (ग्राहकले भरेको) रकम डिपोजिट हुनेछ । ग्राहकले विनिमय सटही दर पनि हेर्न सक्नेछन् । राष्ट्रिय वाणिज्य बैंक र ललित मनि ट्रान्सफरको सहकार्यमा यस्तो सुविधाको व्यबस्था भएको हो । यस कार्यकालागि ललित मनि ट्रान्सफरको विदेशी साझेदारी अनलिमिटेड रेमिटसँग रहेको छ । ग्राहकहरुले सुरक्षीत रुपमा बैंकको वेवसाइ मोवाईल बैंकिङ्ग ९डिजिटल संसार०, तथा ईन्टरनेट बैंकिङ्गको पोर्टल लग इन गरेर रेभिट सेवा लिन सकिने र्बंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *