शीर्ष तहमा जुटेन सहमति, प्रतिनिधिसभा बैठक ४ बजेलाई सारियो

काठमाडौं । सभामुख देवराज घिमिरेको पहलमा बसेको प्रमुख दलका शीर्ष तीन नेताको बैठक निष्कर्षविहीन भएको छ ।

सोमबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसहितको बैठक विना निष्कर्ष टुंगिएको हो ।

शीर्ष नेता र सचेतकहरूको बैठक पुनः साढे ३ बजे बस्ने भएको छ । शीर्ष नेताबीच कुनै सहमति नभएपछि प्रतिनिधिसभाको बैठक दिउँसो ४ बजेका लागि सारिएको छ । सत्तापक्ष सुन प्रकरणमा संसदीय छानबिन गर्ने मागमा सहमत नभएपछि बैठक विना निष्कर्ष टुंगिएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *