संसदको अवरोध खुलाउने विषयमा शीर्ष नेताको बैठक फेरि जारी
काठमाडौं । संसदको अवरोध खुलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक पुनः सुरु भएको छ ।
बैठक सभामुखको कार्यकक्ष्य संसद भवन बानेश्वरमा केही समयअघि सुरु भएको हो ।
यसअघि आजै दिँउसो १२ बजे सिंहदरबारमा भएको छलफलमा कुनै सहमति हुन नसकेपछि पुनः बैठक बसेर सहमति जुटाउने निर्णय भएको थियो ।
जारी बैठकमा सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत सहभागी छन् ।
नेकपा एमालेले सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै १० साउनदेखि लगातार संसद अवरोध गर्दै आएको छ ।