संसद सुचारू गर्न एमालेसँग छलफल गर्ने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदको अवरोध हटाउन प्रमुख प्रतिपक्षीसहित दलहरूसँग छलफल गर्ने भएको छ ।

सोमबार बिहान बसेको संसदीय दलको बैठकले केही समयदेखि अवरूद्ध हुँदै आएको संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा सुचारू गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलहरूसँग छलफल गर्ने निर्णय गरेको हो ।

प्रमुख सचेतक हितराज पाण्डेले सदन सुचारू गर्न ठोस छलफल गर्ने निर्णय भएको जानकारी दिए । सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा र राष्ट्रिय सभा अबरूद्ध गर्दै आइरहेको छ ।

त्यस्तै बैठकमा संघीय शिक्षा विधेयक, संघीय निजामती सेवा विधेयक र प्रहरी विधेयक अगाडि बढाउनुपर्ने, संसदका समिति सभापति चयन गर्ने लगायत समसामयिक विषयमा छलफलल भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *