सामूहिक साकोसको भावि नीति तथा कार्यक्रम एवं अनुमानित वजेट तर्जुमा गोष्ठी कार्यक्रम सम्पन्न
भक्तपुर । सामूहिक बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष धनेशराज राजोपाध्यायको सभापतित्वमा भक्तपुर किचेन तालाक्वमा आ.व २०८०।८१ को भावि नीति तथा कार्यक्रम एवं अनुमानित वजेट तर्जुमा गोष्ठी कार्यक्रम सम्पन्न गरिएको छ । संस्थाका सञ्चालक समिति , लेखा समिति, विभिन्न उपसमितिहरु, सल्लाहकारहरु, पूर्व अध्यक्षहरु र उच्च व्यवस्थापनका कर्मचारीहरु गरी जम्मा ३६ जनाको सहभागिता रहेको कार्यक्रममा आ.व २०७९।८० को अन्तिम लेखापरीक्षण अघि ६७,०१,५८,९८१ को कारोवार रहेको संस्थाका का.मू व्यवस्थापक अनिता दुवालबाट प्रस्तुतीकरणका क्रममा बताउनु भयो । कार्यक्रममा संस्थाका सचिव कृष्णहरि सैँजुबाट स्वागत मन्तव्यका क्रममा कार्यक्रमको औचित्य माथि प्रकाश पार्दे अवको दिनमा बोनश ब्याक टु मेम्बरको नीति अवलम्बन गर्नु अनिवार्य रहेको बताउनुभयो ।

साथै कार्यक्रममा व्यवस्थापनबाट प्रस्तुत गरिएको आउँदो वर्षका लागि अनुमानित बजेट र भावि नीति तथा कार्यक्रमहरुमाथि सहभागीहरुबाट छलफल तथा सुझाव प्रस्तुत गरिएको थियो भने कोषाध्यक्ष अशोकरत्न शाक्यबाट आएका जिज्ञासामाथि प्रष्ट पार्दै अहिले संस्थाको कारोवार बृद्धि भन्दापनि संस्थालाई दिगो कसरी बनाउन सकिन्छ भन्नेमा सबैजना सचेत रहनुपर्नेे बताउनुभयो । कार्यक्रममा पूर्व अध्यक्ष राजेशबहादुर श्रेष्ठ, माधव ध्वँजु, लेखा सुपरिवेक्षण समिति संयोजक नित्यनाथ श्रेष्ठ र विभिन्न समिति उपसमितिका वक्ताहरुले आफनो सल्लाह सुझाबहरु दिनभएको थियो । सभा विसर्जनका क्रममा सभापति राजोपाध्यायले उपस्थित सबैलाई धन्यवाद दिँदै आर्थिक मन्दिका तथा देशैभरि छाएको सहकारीको नकारात्मक खबर बढी मात्रामा प्रचार प्रसार हुँदा सदस्यहरु माझ त्रास उत्पन्न भएकोले सामूहिकमा बचत तथा ऋण लगानी सुरक्षित रहेकोले धुक्क भएर कारोबार गर्न अनुरोध गर्नु भयो । कार्यक्रमको संचालन संस्थाका लेखा प्रमुख बिन्द्रा नायभाले गर्नु भएको थियो ।