सुन तस्करीको छानविन २७ गतेसम्म गर्न सीआईबीलाई जिल्ला अदालतको अनुमति
काठमाडौं । काठमाडौँ जिल्ला अदालतले संगठित सुन तस्करीको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिएको छ ।सोमबार काठमाडौँ जिल्ला अदालतले अवैध सुन तस्करीको छानविनका लागि सीआईबीलाई २७ गतेसम्मको म्याद दिएको छ ।
सय केजी सुन तस्करी प्रकरणमा सीआईबीले अनुसन्धान थालेको छ । सीआईबीले एसपी सञ्जयसिंह थापाको कमान्डमा टिम गठन गरेर अनुसन्धान सुरु गरेको हो । राजश्व अनुसन्धान विभागले बुझाएको फाइलका साथै प्राविधिक कोषबाट अनुसन्धान सुरु गरेको सीआईबीले जनाएको छ ।
सय किलो सुन प्रकरणमा हालसम्म १८ जना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागको टोलीले साउन ३ गते त्रिभुवन विमानस्थल भन्सार पास गरेर बाहिरिँदै गरेको करिब १ सय किलो सुन र बरामद गरेको थियो । पछिल्लो समय राजनैतिक दलहरुले नै अपराधिलाई छुटाउन खोजे भन्ने आरोप लाग्न थालेपछि प्रधानमन्त्री प्रचण्डले सीआईबीलाई जिम्मा दिने निर्णय गरेपछि सबै निकायले सहमति जनाएका छन् ।