बोल्न नपाएको उपसभामुखको गुनासो
काठमाडौं । उपसभामुख इन्दिरा रानाले आफूलाई बोल्न नदिइएको गुनासो गरेकी छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले उप चुप भन्ने गरिएको र आफूलाई बोल्न नदिइएको बताइन् । उपसभामुख रानाले भनिन्, ‘प्रतिनिधि सभामा हेर्नुहोस् त कति जना महिलाहरू बोल्नुहुन्छ ? त्यसरी नै ३३ प्रतिशत महिलाले बोल्न पाइरहेका छन् त ? हिजो कति ५/६ दिनपछि संसद् खुल्यो, अब उपसभामुखले यो बोल्नु हुँदैन रे, उप चुप जहिले पनि मलाई । उप चुप भनेर त्यो संविधानले कहाँ लेखेको छ ।’
रानाले आफू जनजातिकै छोरी भएको कारण बोल्न नदिएको हो ? भन्दै प्रश्न समेत गरिन् । उपसभामुख रानाले देशमा सुशासन नभइ कुशासन रहेको दाबी गरिनन् ।