महानगर प्रहरी र बूढानीलकण्ठका वडाअध्यक्षबीच विवाद, समाधानका लागि वार्ता जारी

काठमाडौं । काठमाडौं महानगरपालिका–७ र बूढानीलकण्ठ नगरपालिकाबीचको कपन खोलामाथि निर्माण गरिएको स्ल्यब हटाउने विषयमा बुढानिलकण्ठ नगरपालिकाका वडाध्यक्ष र महानगरबीच बिवाद बढेको छ ।

सार्वजनिक खोलामाथि निर्माणधिन स्ल्याब भत्काउनका लागि काठमाडौँ महानगर प्रहरी उक्त क्षेत्रमा डोजरसहित पुगेपछि बूढानीलकण्ठ नगरपालिका १० का वडाअध्यक्ष नवराज भट्टराई नेतृत्वको समूहबीच विवादको अवस्था सिर्जना भएको हो ।

काठमाडौंका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोली बूढानीलकण्ठको सात तलेमा डोजरसहित स्थानीयबासीले बूढानीलकण्ठका जनप्रतिनिधिलाई बोलाएपछि बूढानीलकण्ठका मेयर मिठाराम अधिकारी, उपमेयर अनिता लामा र वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराई पुगेर काठमाडौँ महानगरपालिको डोजर रोक्ने प्रयासमा लागेका थिए ।

प्रहरीले डोजरको चावी नियन्त्रणमा लिएर दुवै नगरका जनप्रतिनिधिलाई वार्तामा बस्न आवश्यक रहेको बताएका छन् ।

अहिले काठमाडौं महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष विमल होडा र बूढानीलकण्ठका जनप्रतिनिधिहरु वार्तामा बसेका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *