एक्सपर्ट एडुकेसनको २० औं वार्षिकोत्सव
काठमाडौं । एक्सपर्ट एडुकेसन एण्ड भिजा सर्भिसेजले आफ्नो २०औं स्थापना दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ । सन् २००३ मा अस्ट्रेलियामा दुई नेपाली युवाले यो संस्था स्थापना गरेका थिए । सिड्नीमा मुख्यालय रहेको संस्थाले २० वटा देशमा रहेका ६० भन्दा बढी केन्द्रहरु मार्फत शैक्षिक परामर्शको सेवा प्रदान गर्दै आएको जनाएको छ । स्थापना दिवसको उपलक्ष्यमा संस्थाका नेपालस्थित कार्यालयहरुले पनि विभिन्न कार्यक्रमहरु गरेका छन् । इटहरी, चितवन, काठमाडौं, पोखरा, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी शाखाले रक्तदान कार्यक्रमको आयोजना गरेको संस्थाले जनाएको छ । रक्तदान कार्यक्रमबाट कुल ४८३ पिन्ट रगत रक्त संचार केन्द्रलाई प्रदान गरिएको संस्थाको भनाइ छ । त्यस्तै चितवन शाखाले ‘एक्सपर्ट फुटसल फेस्टा–२०२३’ प्रतियोगिता आयोजना गरेको छ ।
चितवनका ३२ वटा विद्यालय तथा कलेजहरुको सहभागिता रहेको प्रतियोगिता एक्सपर्ट चितवनको सहकार्यमा चितवन जिल्ला फुबल संघले आयोजना गरेको थियो । सोही शाखाले इच्छाकामना गाउँपालिकाको राष्ट्रिय माध्यमिक विद्यालयलाई विभिन्न खेलकुदका सामग्रीहरु प्रदान गरेको छ । यो शाखाले कान्तिपुर दैनिकका पत्रकार रमेशकुमार पौडेललाई ‘एक्सपर्ट शिक्षा पत्रकारिता पुरस्कार–२०२३’बाट पुरस्कृत गरिएको संस्थाले बताएको छ । पोखराको एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसले माछापुच्छ्रे—२ खैम्राङ स्थित कृष्ण महादेव आधारभूत विद्यालयलाई सहयोग गरेको छ ।
विद्यालयका सम्पूर्ण विद्यार्थीलाई टीसर्ट, झोला, कापीकलम,छाता, टोपी, खेलकुद सामाग्री र डस्बिन लगायतका सामाग्री प्रदान गरिएको हो । त्यस्तै, पोखरा शाखाले हेम्जा स्थित मानव सेवा आश्रमलाई खाद्यान्न तथा लत्ता कपडा तथा छाताहरु प्रदान गरेको छ र पुम्दिकोटको महादेश मन्दिरलाई आर्थिक सहयोग तथा फोहोर संकलन सामग्री प्रदान गरेको छ र पिकनिक स्पटमा बृक्षारोपन कार्यक्रम सम्पन्न गरेको छ । त्यस्तै विराटनगर शाखाले नै पूर्वाञ्चल बाल आश्रममा रहेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामग्री प्रदान गरेको छ भने विर्तामोड शाखाले विर्तामोडमा अवस्थित परोपकार अनुसन्धान केन्द्रलाई खाद्यान्न सहयोग गरेको छ ।
यस्तै विर्तामोडका प्रिन्स शर्मालाई पेटको शल्यक्रिया गर्न १० हजार रुपैयाँ सहयोग गरेको छ । त्यस्तै महाराजगञ्ज शाखाले सूर्यगढी–४, नुवाकोटमा रहेको कालिका माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोसाक तथा शैक्षिक सामग्रीहरु प्रदान गरेको छ । एक्सपर्टको काटमाडौं शाखाले दुवै मृगौला फेल भएका काभ्रे स्थायी घर भई हाल बानेश्वर निवसी रेवतराज खरेललाई ४० हजार रुपैयाँ सहयोग गरेको छ ।