समृद्धि फाइनान्सका ३ शाखाको वृक्षरोपण कार्यक्रम
काठमाण्डौ । समृद्धि फाइनान्सले साउन २६ गते शुक्रबारको दिन संस्थाको मधुवन, खरेन्द्रपुर शाखा र गत आइतबारको दिन कसाह शाखाबाट वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। साउन महिनाको पहिलो हप्ताबाट सुरु भएको वृक्षरोपण कार्यक्रम संस्थाका ७ वटा शाखाबाट सम्पन्न गरिसकेको र साउन महिनाभित्र सम्पूर्ण शाखाबाट सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ।
यसका साथै फाइनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमहरुको सूचीमध्ये साउन महिनाका लागि तय भएका कार्यक्रमहरुको रुपमा वृक्षरोपणको सुरुआत गरेको र आर्थिक वर्ष २०८०–८१ को प्रत्येक महिनामा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पूर्ण १३ वटै शाखाबाट विभिन्न कार्यक्रम गर्ने तय भएको समेत संस्थाले जानकारी गराएको छ ।