१७ वर्षपछि गौर हत्याकाण्डको छानबिन गर्नु रहस्यमय : जसपा (विज्ञप्तिसहित)
काठमाडौं । जनता समाजवादी पार्टीले १७ वर्षपछि गौर हत्याकाण्डको छानबिन गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । उसले गौर हत्याकाण्ड माओवादीकै कारण भएको दाबी गर्दै अहिले घटनामा संलग्न नै नभएको व्यक्तिलाई अनुसन्धानमा तान्न खोज्नु रहस्यमय भनेको छ ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै जसपाले माओवादीकै कारण गौर हत्याकाण्ड भएको पनि बताएको छ । पत्रकार सम्मेलनमा जसपा प्रवक्ता मनिषकुमार सुमनले मधेस, थरुहटलगायत आन्दोलनको छानबिन गर्न बनेको लाल आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेको छ ।
उसले गौर हत्याकाण्डको छानबिन गर्न खोज्नुले तत्कालीन सरकार र मधेसी जनअधिकार फोरमबीच भएको सम्झौताको उल्लंघन भएको पनि स्पष्ट पारेको छ ।


