बोलेर मात्र अब हुन्दैन, काम गरेर देखाउनु पर्ने समय आएको छ : नेता प्रकाशमान सिंह
काठमाडौँँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी परिवर्तन गर्नको लागि वडाबाटै परिवर्तन भएर जानुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ महानगरपालिकाको वडा नम्बर १० इकाईद्वारा आयोजित गरेको वडा सम्मेलनलाई सम्बोधन गर्ने क्रममा सिंहले
केही परे सुझाव सल्लाह दिन उनले सहभागी प्रतिनिधिहरुसंग आग्रह गरेका छन् । पार्टीभित्र भएका कमी कमजोरीहरुलाई बाहिर कुुरा काट्दै हिड्नु उचित नहुने, यसले झन् पार्टीलाई नै कमजोर बनाउने उनले बताएका छन् । पार्टी बलियो बनाउनका लागि नगरबाटै एकजुट भएर जानुपर्ने उनको भनाइ छ । बोलेर मात्र नहुने र काम गरेर देखाउनु पर्ने समय आएको सिंहको भनाइ छ । ‘बोल्न त जसले जे पनि बोल्छ तर बोलेर मात्रै केही हुदैन काम गर्नुपर्छ’ उनले भने ।
लामो समयसम्म प्रतिपक्ष दल एमालेले सांसद अवरोध गरेकोमा उनले असन्तुष्टि जनाएका छन् । सबैको कुरा सुनाउने थलो संसद भएकाले र संसदबाटै हरेक कुराहरु पारित हुने भएकाले अवरोध गर्न नहुने उनले जनाएका छन् ।
आज श्रावण २७ बिहान ठिक ८ बजेबाट कार्यक्रम शुरू भैई १०:३० बजेसम्म उद्घाटनशत्र चलेको थियो । उद्घाटनसत्र पछि १०:३० देखि ११:३० सम्म खाना खाने समय तोकिएको थियो भने खाना पछि दिउसो २ बजेसम्म बन्दशत्र चलेको थियो ।
कार्यक्रम नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका वडा नम्बर १० इकाईका सभापति रामकुमार केसीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका कामपा वडा नं १० का कृयाशिल सदस्यहरु, क्षेत्रीय प्रतिनिधिहरु तथा महाधिबेशन प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।