भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति दिन नसके सरकार धेरै दिन टिक्दैनः डा. कोइराला
काठमाडौं । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ प्रदेश सभा (ख) ले शनिबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा नेपाली कांग्रेसका बरिष्ठ नेता डा.शेखर कोइरालाले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति दिन नसके वर्तमान सरकार धेरै दिन टिक्न नसक्ने बताएका छन् । उनले सुशासन दिने सरकार मात्रै टिक्ने बताए ।
नेता कोइरालाले राजनीतिक स्थिरता, भ्रष्टाचारको अन्त्य, लगानीमैत्री कानुन निर्माण गर्नसके समृद्ध र समुन्नत नेपाल बनाउन कुनै समस्या नहुने स्पष्ट पारे । तरुण दल, नेविसंघ र नेपाल महिला संघको नेतृत्व विधि र विधान अनुसार चल्न नसकेको भन्दै उनले आक्रोश व्यक्त गरे । नेता कोइरालाले पार्टी भित्रै प्रतिशोधको राजनीति हुन नहुनेमा जोड दिए ।