स्व. श्याम बहादुर कार्कीको १६ औ स्मृति दिबसमा रक्तदान एवं स्कुल ब्याग बितरण


भक्तपुर । स्व. श्याम बहादुर कार्कीको १६ औ स्मृति दिबसको अबसरमा श्याम बहादुर कार्की स्मृति प्रतिष्ठानद्धारा आयोजित खुल्ला रक्तदान कार्यक्रम एवं गणेश आधारभुत बिधालय सु न पा ३, बालकोट स्कुललाई स्कुल ब्याग र स्टेशनरी सामाग्री बितरण कार्यक्रम गरीएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, भक्तपुर क्षेत्र न. २ सभासद् दुलर्भ थापा लगायतका ब्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा कुल ५२ जना महानुभाबहरुले रक्तदान गर्नु भएको थियो ।

उक्त कार्यक्रममा शिक्षा प्रेमी,राजनितिज्ञ, पुर्व बालकोट गा बि स अध्यक्ष एवं समाजसेवी स्व. श्याम बहादुर कार्कीले समाजमा पुराउनु भएको योगदान र त्यसले समाजमा पारेको सकारात्मक प्रभावकारिताको बिषयमा चर्चा गर्नु भई सबैले उहाँले गर्नुभएको कामको अनुशरण गर्नु पर्ने र साँच्चो अर्थमा उहाँ प्रतिको श्रद्धा सुमन त्यहि हुने प्रमुख अतिथि लगायत अतिथिहरुले बिचार राख्नु भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *