अध्यक्ष ओलीको उपस्थितिमा पत्रकार सम्मेलन जारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले आइतबार पत्रकार सम्मेलन सुरु गरेका छन् । अध्यक्ष ओलीले पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलनमा सुन तस्करी, संसद् अवरोध र समसामयिक विषयमा ओलीले पार्टीको धारणा सार्वजनिक गर्ने उदेश्यले पत्रकार सम्मेलन सुरु गरेका हुन् ।

पत्रकार सम्मेलनमा संसदमा आँफूले राखेको माग सम्बोधन हुन नसकेको भन्दै सम्मेलनमार्फत सुन तस्करी प्रकरणका विषयमा स्पष्टिकरण दिने बताइएको छ । एमाले नेताहरूका अनुसार ओलीले पत्रकार सम्मेलनमा एक क्विन्टल सुन तस्करी हुँदा भन्सार विभागबाट कहिले कहिले के के पास भयो भन्ने आवश्यक कागजात पनि सार्वजनिक गर्ने भएका छन् ।

त्यसका साथै माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका दुई छोरा सुन तस्करीमा कसरी जोडिएका रहेछन् भन्ने विषय पनि ओलीले बाहिर ल्याउने भएका छन् । यसबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले सबैलाई सिआईबीले बुझाएको प्रतिवेदन लुकाएर ढाँट्दै आएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *