गृहमन्त्री संसद्‍को रोष्ट्रममा उभिन नमिल्ने ओलीको दाबी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री राजीनामा दिनबाहेक संसद्को रोष्ट्रममा उभिन नमिल्ने दाबी गरेका छन् ।

सुन तस्करी प्रकरण र सदन अवरोधको विषयलाई लिएर पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा ओलीले विमानस्थलबाट आएको सबै सुन भएको भन्दै गृहमन्त्री संसदमा उभिन नमिल्ने बताएका हुन् ।

‘एउटा मात्रै माध्यमबाट क्विन्टलका क्विन्टल सुन ल्याएको बताउँदै ओलीले यस्तो कम्पनीका बारेमा कुरा उठाउँदै भने ,‘ त्यस्तो मान्छेलाई नागरिकता कस्ले वितरण ग¥यो ? त्यो प्रतिवेदन गायब भएको बताए । संसद बैठकका अवरोधको विषयमा पनि सत्ता पक्षका कारण अवरोध बढेको उनको भनाइ छ ।

संसद जनताका लागि काम गर्ने थलो भएकाले अवरोध ल्याउने काम सरकारले गरेको ओलीले बताए । उनले संसद जनताका लागि रक्षा गर्ने थलो र जनताका हित विपरित हुने गरेका क्रियाकलापको आपति जनाउने थलो समेत रहेको बताए । ओली संसद चल्नुपर्ने माग गरेका छन् । देशको अर्थतन्त्र सरकारका कारण ध्वस्त भएको समेत उनको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *